सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस

सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस

४ माघ, काठमाडौं ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ।

यसैगरी बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवं कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले शनिबार दुवै आयोगमा पाँच–पाँच जना पदाधिकारी सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जानकारी दिएको छ।

दुवै समितिमा एक–एक अध्यक्ष र चार–चार जना सदस्य सिफारिस गरिएको हो। दुवै समितिसँग सम्बन्धित विधेयकहरू संसदमा लैजाने सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमति भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.