सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सय बढीको उद्धार

सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सय बढीको उद्धार

४ माघ, काठमाडौं ।
सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई गरिएको छ ।

उनीहरुलाई चार वटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको हो । पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको उद्धार गरिएको बताइन् ।

हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन रहेको आचार्यले जानकारी दिइन् । सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहेका छन् ।

कोरियाली पर्यटकहरुको नाम आइनसकेको आचार्यले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.