पुलिससँग जावलाखेल पराजित

पुलिससँग जावलाखेल पराजित

४ माघ, काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ । शनिबार एन्फा कम्पेलक्स सातदोबाटोमा भएको खेलमा सौजन राई र कप्तान सुमन सुवेदीले यस सिजन लिगमा पहिलो गोल गर्दा पुलिसले जावलाखेललाई २–० ले पराजित गरेको हो ।

खेलमा पुलिसले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेलको २६औं मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए भने ४८औं मिनेटमा सुमन सुवेदीले पुलिसका लागि दोस्रो गोल गरे ।

 जारी सिजन पुलिसको यो तेस्रो जित हो । ७ खेल खेलिसकेको पुलिसले ३ जित र दुई बराबरीबाट ११ अंक जोडेको हो । पुलिस तेस्रो स्थानको मनाङ मस्र्याङ्दी १२ भन्दा एक अंकले पछि छ भने पाँचौ स्थानको थ्रीस्टार १० भन्दा एक अंक अघि छ । दुवै क्लबले समान ३ खेल जितेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.