चार चिनियाँ पर्यटक सम्पर्कविहीन

चार चिनियाँ पर्यटक सम्पर्कविहीन

४ माघ, पोखरा ।
राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् ।

उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएकोमा अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता पनि नभएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मनाङ निस्याङ गाउँपालिका–९ मा रहेको कार्यालयलाई उद्धृत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले यो जानकारी गराएको हो ।

प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार हृवाङ यिविन, क्याटसियु टिङ र मा क्अिान्ली र अन्वद झाड सम्पर्कविहीन भएका हुन् । घटनाबारे थाहा पाउनसाथ हुम्दे प्रहरी चौकीबाट प्रहरी खटाइएको रेग्मीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.