ए डिभिजन लिगः आज दुई खेल हुँदै, न्युरोड टिम र विभागीय क्लब एपीएफबिचको खेल जारी

ए डिभिजन लिगः आज दुई खेल हुँदै, न्युरोड टिम र विभागीय क्लब एपीएफबिचको खेल जारी

५ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार दुई वटा खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यान्ह १२ बजेबाट न्युरोड टिम एनआरसी र विभागीय क्लब एपीएफवीचको खेल अहिले जारी छ । एपीएफले एक खेलमा जित, तीन खेलमा हार र दुई खेलमा बराबरी गरेको छ ।

त्यस्तै एनआरटीले तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरी गरेको छ । यस्तै दिउँसो तीन बजे फ्रेण्ड्स क्बल र सरस्वती क्लब आमने सामने हँुदैछन् । यी दुवै टिम लिगको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् ।

तालिकाको पुछारको सरस्वतीले पाँच खेलमा हार र एक खेलमा बराबरी गरेको छ । यो खेलमा सरस्वती पहिलो जित खोज्ने प्रयासमा हुनेछ । फ्रेन्ड्स क्लबले एक खेलमा जित, तीन खेलमा हार र दुई खेलमा बराबरी गरेको छ ।

यसअघि लिगका सातौँ र आठौँ चरणका खेलहरु दशरथ रङ्गशालामा सञ्चालन गर्ने भनिए पनि लगातारको वर्षाका कारण रङ्गशालामा प्रतियोगिता सञ्चालन गर्न नसकिने भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.