रवि लामिछाने र युवराज कँडेललाई अदालतको सफाई

रवि लामिछाने र युवराज कँडेललाई अदालतको सफाई

५ माघ, चितवन ।
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ । आईतबार बसेको न्यायधीश हेमन्त रावलको इजलासले उनीहरुलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर भएको थियो। पुडासैनीले लामिछाने र कडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्न अघि रेकर्ड गरेको भिडियोमा उल्लेख थियो ।

आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.