विराटनगर जेसीज तथा जुनियर जेसीजको पदस्थापना सम्पन्न

विराटनगर जेसीज तथा जुनियर जेसीजको पदस्थापना सम्पन्न

५ माघ,विराटनगर । विराटनगर जेसीज तथा जुनियर जेसीजको एक भब्य कार्यक्रमका बीच पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा बिराटनगर जेसीजको ४७ औ पदस्थापना समारोह तथा पुरस्कर वितरण र बिराटनगर जुनियर जेसीजको २४ औँ पदस्थापना समारोह सम्पन्न भएको हो ।

विराटनगर जेसीजका बर्ष २०१९ का अध्यक्ष जेसी सेबक बजगाईको अध्यक्षता र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसी सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वर्ष २०२० का महासचिव जेसी अभिनास थापाले जानकारी दिए । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष जेसी सेवक बजगाई लगायत बिराटनगर जेसीका भूतपूर्व अध्यक्षहरुले बर्ष २०२० का अध्यक्ष जेसी उज्ज्वल खरेल लाई चेन हस्तान्तरण गरेका थिए । त्यस्तै बिराटनगर जेसीसको नयाँ बोर्डका पधाधिकारीहरु लाई सपथ ग्रहण गराइएको थियोे।

बिराटनगर जेसीज बर्ष २०२० को अध्यक्षमा जेसी उज्ज्वल खरेल, बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा जेसी प्रदिप दहाल, कानुनी सल्लाहकारमा जेसी देबचन्द्र घिमिरे , तालिम निर्देशकजेसी प्रीतेश राज दहाल, कार्यकारिणी उपाध्यक्षमा जेसी जेसी बिज्ञान बस्नेत र जेसी सिद्धार्थ शाह, महासचिवमा जेसी अभिनास थापा, कोषाध्यक्षमा जेसी राजन पराजुली, उपाध्यक्षमा जेसी सनराईज चौधरी , जेसी पुजा शर्मा , जेसी कबिराज दहाल र जेसी रमेश अधिकारी, जनसम्पर्क अधिकारीमा जेसी प्रवेश दुलाल, सहसचिवमा जेसी गोमा भण्डारी चयन भएका थिए ।

कार्यक्रममा विराटनगर जेसीज पूर्व अध्यक्ष क्लवका अध्यक्षको रुपमा डा.सन्देशदास श्रेष्ठ मनोनित भएका थिए । त्यस्तै वर्ष २०१८ का अध्यक्ष राजेन्द्र थपलियालाई आजीवन सदस्यता प्रदान गरी सम्मान गरिएको थियो। साथै बिराटनगर जुनियर जेसीज बर्ष २०१९ कि अध्यक्ष दीपा ओडारी लगायत बिराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी सन्देश दास श्रेष्ठ र भूतपूर्व अध्यक्षज्युहरुले बर्ष २०२०का अध्यक्ष अङ्कित थापालाई चेन हस्तान्तरण गरेका थिए । बिराटनगर जुनियर जेसीज बर्ष २०२०को अध्यक्षमा जु. जेसी अंकित थापा, कानुनी सल्लाहकारमा जु.जेसी रितेश मैनाली, तालिम निर्देशकमा जु.जेसी जीना शर्मा , कार्यकारणी उपाध्यक्षमा जु.जेसी प्रीन्स पौडेल र ज.जेसी गौरव कर्ण, महासचिवमा जु.जेसी विकल्प न्यौपाने,कोषाध्यक्षमा जु.जेसी मुकेश यदव, उपाध्यक्षमा जु.जेसी आयुशा खतिवडा, जु.जेसी मातृका भण्डारी र जु.जेसी अभिषेक मन्डल, जनसम्पर्क अधिकारीमा जु.जेसी अभिनाश चौधरी, सहसचिवमा जु.जेसी हेनारीका ढकाल चयन भएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथीमा पुर्व राष्ट्रिय अध्यक्ष जेसी सिनेटर फूल कुमार लालवानी र अतिथिका रुपमा निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटा लगायत विभिन्न शाखाका शाखा अध्यक्ष तथा बिराटनगर जेसीजका भूतपूर्व अध्यक्षज्युहरु रहेका थिए । सो कार्यक्रम विभिन्न सदस्यहरुलाई अवार्ड र पुरस्कारले पुरस्कृत गरिएको छ। सो कार्यक्रममा प्रदेश नं. १ का २० भन्दा वढी शाखा अध्यक्षहरुको उपस्थिती रहेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.