मिक्लाजुङमा बम बिस्फोट, स्थानीय त्रसित

मिक्लाजुङमा बम बिस्फोट, स्थानीय त्रसित

६ माघ, मोरङ ।
मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकामा अज्ञात समूहले बम बिस्फोट गराएका छन्।

आइतबार राति गाँउपालिकाको रमितेमा सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा बम बिस्फोट अज्ञात समूहले बिस्फोट गराएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरबहादुर राईले बताए।

राति करिब ९ बजेको समय उर्लाबारीको किसानचोक–रमिते सडक निर्माणका लागि सडक छेउमा राखिएको स्काभेटरमा बिस्फोट भएको राईले जानकारी दिए। सो बिस्फोटको हालसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।

यद्यपि भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले बिस्फोट गराएको आशंका गरिएको छ। हाल घटनास्थलमा उर्लाबारीस्थित इलाका प्रहरी कार्याल्यबाट प्रहरीको टोली पुगेको छ।

राति बिस्फोट भएको क्षेत्रमा सोमबार बिहान बम फेला परेको छ । यसले गर्दा स्थानीय बासिन्दा त्रसित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.