स्थानीय निकायलाई अधिकार हस्तान्तरण

स्थानीय निकायलाई अधिकार हस्तान्तरण

दाङ, चैत २
जिल्ला जनस्वास्थ्य कार्यालय, दाङले आफूले सञ्चालन र प्रयोग गर्दै आएको अधिकार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । बिहीबार घोराहीमा जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले नगर प्रमुख नरुलाल चौधरीलाई नगर क्षेत्रको स्वास्थ्यका गतिविधि सञ्चालन तथा नियमन गर्नका लागि अधिकार हस्तान्तरण गरेका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रवाह हुँदै आएका सेवा तथा नियमन गर्ने अधिकारसहित जिम्मेवारीको फाइल नगर प्रमुख चौधरीलाई हस्तान्तरण भएको हो ।

यसैबीच, नगरको स्वास्थ्य सेवालाई गुणस्तरीय र सुनिश्चित बनाउन नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा समितिसमेत गठन भएको छ ।

स्वास्थ्य गुणस्तर सुनिश्चितता समितिको आमन्त्रित सदस्यमा उपप्रमुख सीता न्यौपाने, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत बाबुराम पन्थी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पवित्रा विश्वकर्मा, कृष्णादेवी राना, विमला पौडेल, दधिराम खनाल, श्रीमन न्यौपाने र सदस्य सचिवमा स्वास्थ्य महाशाखाका कुमार डाँगी रहेको समिति गठन भएको हो ।

समितिले उपमहानगर क्षेत्रभित्रका सरकारी तथा निजी अस्पतालको अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । नगर क्षेत्रका सबै सरकारी र निजी उपचार केन्द्रले प्रदान गर्ने सेवालाई गुणस्तरीय, भरपर्दो, सुरक्षित बनाउने र कानूनी प्रक्रियामा नरहेका अस्पताललाई नियमन गर्ने गरी समितिलाई सरकारले अख्तियारी दिएको जनस्वास्थ्य प्रमुख पोख्रेलले जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.