६ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पूरा भएपनि सम्बन्ध नपाएको भन्दै गुनासो गरे । मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्ध नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको बताए ।
झापाको बि एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै गुनासो समेत गरे । हरेक वर्ष कलेजहरुले राजस्व बुझाउँदै आएको भएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ ।
हरेक वर्ष ठूलो नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्ता चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको उल्लेख गरे । सिवाकोटीले ठूलठूला भवन निर्माण भएपनि सम्बन्ध पाएर पढाई सञ्चालन नहुदा मेडिकल कलेजहरु मसानघाट जस्ता भएको उनको भनाई छ ।
सांसद चन्दा चपाईंले देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाए । तीनवटा तहमा सुविधा जनक बहुमतका साथ सरकार सञ्चालन भएपनि तालमेल भने हुन नसकेको उनले बताए ।