शिवमायाको निष्कर्ष– ‘मुलुकमा पितृसंस्था सोच जरा गाडेर बसेको छ।’

शिवमायाको निष्कर्ष– ‘मुलुकमा पितृसंस्था सोच जरा गाडेर बसेको छ।’

६ माघ, काठमाडौँ ।
उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफुले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्व विहिनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।संघीय संसदमा प्रतिनिधिसभाको पहिलो बैठक पछि पत्रकार सम्मेलन गर्दे उनले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफुले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् ।

संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाँजी मारेको दाबी पनि गरिन् । उनले भनिन् “बाजी मैले मारेँ । आज देखि कामको ट्रयाक चेन्ज गर्दैछु ।” राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन् । उनले भनिन् “मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।”

आफुले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन । उनले भनिन “मैले जे बोले त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ । ” पत्रकारहरुले पटक पटक आफुलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफुलाई उर्जा मिलेको पनि उल्लेख गरिन् ।

उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.