NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

सफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

सोमवार माघ ६ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
सफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ माघ, काठमाडौँ । 

गत बिहीबार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उनको आँखा पुग्यो । ‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो’, उनले भने । ‘किन ?’, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको जवाफ थियो, ‘हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरु देखियो, आफ्नै देश आएको महसुस भयो ।’

‘आगमन कक्षको अगाडि राखिएको गैँडाको मूर्ति चितवनको सौराहा पार्कमा नै देखेजस्तो लाग्यो । अनि अलि परको गौतम बुद्धको मूर्तिले लुम्बिनी पुगेजस्तै भयो’, नेपाली यात्रु यसै भन्दै थिए, विदेशीहरु फोटो खिच्न खोज्दै थिए । भित्र आउँदै गर्दा कतै गरुडको मूर्ति छ भने भित्तामा नेपालको बहुजाति, बहुसंस्कृति र बहुधार्मिक परम्परा झल्किने विभिन्न प्रकारका मूर्ति र कलाकारिता देखिन्छन् ।

Advertisement

अर्का एकजना यात्रु भन्दै थिए, ‘मलाई त इन्डोनेशियाको बाली विमानस्थलको याद आयो । त्यहाँ पनि हिन्दू धर्मका साथै त्यहाँको बहुसांस्कृतिक अवस्थिति झल्किने विभिन्न मूर्ति तथा कलाकारिता राखिएका छन् ।’ इन्डोनेशियाको बाली प्रान्तमा कम्तीमा ८० प्रतिशत हिन्दू धर्मावलम्बी नागरिकको बस्ती छ । त्यहाँको विमानस्थलमा पनि स्थानीय परम्परा र सम्पदाहरु झल्किने दृश्यहरु सजाइएको छ ।

नेपालका केही प्रमुख पर्यटकीयस्थलको पहिचान दिनेगरी अरु केही तस्बिर विमानस्थलमा राखिएका छन् । यहाँका तस्बिरले विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालको हिमालय क्षेत्रको सम्पन्नताको परिचय दिन्छ । त्यस्तै यहाँका दृश्य र तस्बिरहरुले पोखरा, मुस्ताङ र यस्तै अन्य विश्वकै प्रमुख पर्यटन गन्तव्यको पनि यहाँबाट सामान्य परिचय दिने यत्न गरेका छन् ।

केही समयअघि नेपाल सरकारले घोषणा गरेको थियो ‘बुटिक एयरपोर्ट’ को अवधारणा । यही अवधारणाबमोजिम नै विमानस्थल प्रशासनले पनि यस्तो बुटिक विशेषताको प्रयास गरिरहेको छ । कुनै पनि विदेशी नागरिक नेपाल छिरेपछि यहाँको विविधताको बारेमा प्रवेशद्वारबाटै थाहा पाओस् भन्ने प्रयत्न हो यो भन्छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण ।

नेपालले यसवर्ष नेपाल भ्रमण वर्ष मनाइरहेकोले नेपाल आउने पर्यटकलाई नेपालबारेको जानकारी जति सकिन्छ प्रवेशद्वारबाटै प्रदान गरौँ भन्ने प्रयास गरिएको उनले बताए । विमानस्थललाई बुटिक बनाउने मात्र नभई यहाँको सरसफाइ, सुरक्षा, सहयोग, यात्रुहरुलाई आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण र विकास तथा सूचनाजस्ता कार्यका लागि विमानस्थल प्रशासनले सक्दो प्रयास गरेको उनले जानकारी दिए ।

विमानस्थलको आगमन कक्षमा सुनको जलप हालिएको ११ फिट अग्लो र करिब एक टन तौल भएको बुद्ध मूर्ति राखिएको छ । त्यस्तै गरुड र अन्य देवी देवताका मूर्ति छन् । गैँडाको मूर्ति सौराहाको झलक नै दिनेगरी पार्क बनाएर राखिएको छ । यी संरचना विदेशी पर्यटकका लागि आकर्षण बनेका छन् ।

विमानस्थलको अर्को आकर्षण सरसफाइ पनि हो । यहाँको सरसफाइका लागि विमानस्थलले इनोभेटिभ एचआर जेभीलाई जिम्मा दिएको छ । उसले दुई वर्षभन्दा अघिदेखि विमानस्थलको सरसफाइको काम गरिरहेको छ । करिब डेढ वर्ष अघि गैरआवासीय नेपाली सङ्घको सहयोगमा खेम्स क्लिनिङले स्वयंसेवीरूपमा केही समय विमानस्थल सफाइ गरेर चर्चा पाएको थियो । त्यस समय पनि विमानस्थलको सफाइमा इनोभेटिभले सफाइ मजदूर र काममा सहयोग गरेको थियो ।

उक्त कम्पनीले विदेशी प्रविधि र मापदण्डको आधारमा सफाइको काम गर्दै आएको सोलुसनका प्रमुख रोहिणी भट्टराई बताउँछन् । ‘हामीले सफाइ कर्मचारीहरुलाई समय समयमा विदेशी मापदण्ड र प्रविधिको तालिम दिई त्यस्तै उपकरणका साथ काम गरिरहेका छौँ, हर समय सफाइको गुणस्तर बढाउँदै लगेका छौँ’, उनको भनाइ छ ।

हाल सफाइका लागि उक्त कम्पनीका १६० कर्मचारी खटिरहेका छन् र ‘सिफ्ट’ अनुसार चौबीसै घन्टा काम गर्ने गर्छन् । ‘कुनै पनि विदेशीले नेपाल टेक्ने पहिलो पाइला भनेको विमानस्थल नै हो । त्यसैले प्रवेशद्वारबाट नै विदेशीहरुमा हाम्रो देशप्रतिको राम्रो छाप परोस् भनेर हामी आफैँ काममा खटिएका छौँ र हामीले पाइरहेको सफलता र प्रशंसालाई घट्न दिएका छैनौँ’, उनी भन्छन् ।

बुटिकका रूपमा गरिएको विमानस्थलको विकास र सरसफाइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यतिबेला स्वरूप फेरिएको छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरु र कुर्सी सफा छन्, सफाइलाई विशेष ध्यान दिइएको छ । विमानस्थलको सफाइमा खटिरहेका कर्मचारी सफाइसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रविधि र मापदण्ड प्रयोग गरिएको भन्दै हाल उपलब्ध प्रविधि र जनशक्तिले विमानस्थलको अवस्था राम्रो राख्नसफल भएको बताउँछन् ।

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थल सफा भए मात्र अन्तर्राष्ट्रियरूपमा देशको छवि सुन्दर र राम्रो बन्नेछ । त्यसैले विमानस्थलमात्र होइन कि पर्यटन वर्ष मनाइरहेका हामीले होटल, पार्क, पर्यटकीय स्थल तथा अन्य पूर्वाधार र संरचनाहरुलाई पनि सफा र सुन्दर बनाउनु र राख्नु जरुरी छ ।

नेपालले यस वर्ष कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्याका साथ नेपाल भ्रमण वर्ष मनाइरहेको छ । यसका लागि आवश्यक सेवा क्षेत्रको पूर्वाधार र अन्यत्र सरकारले सकेसम्म संरचना निर्माण गरिरहेको छ । त्यसैले अहिले नै विमानस्थलको जस्तै बुटिक र सफाइको अवधारणालाई पनि सबैतिर विस्तार गर्न सके पर्यटन वर्ष मनाइरहेको पर्यटन क्षेत्रले केही नयाँ उपलब्धि हासिल गर्नेछ ।

अर्को महत्वपूर्ण पक्ष भनेको सुरक्षाको प्रबन्ध पनि भएकाले यसलाई विमानस्थलले नयाँ व्यवस्थाका साथ अघि बढाएको प्रवक्ता कर्ण बताउँछन् । सुरक्षामा कडाइ तथा यात्रुको सुविधालाई समेत ध्यानमा राखी सुरक्षा जाँचमा नयाँ व्यवस्था गरेको उनको भनाइ छ ।

– एकराज पाठक/रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.