६ माघ, काठमाडौं । बागमती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ ।
सिफारिस समितिले दुई जना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेका सिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुदर्शन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा. शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो ।
सिफारिस गरिएका दुवै जनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो। आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुन् । (रासस)