सभामुखका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारी नदिने

सभामुखका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारी नदिने भएको छ । मङ्गलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

यससँगै नेकपाका उम्मेदवार अग्नि सापकोटा सर्वसम्मतरुपमा सभामुख बन्ने लगभग निश्चित जस्तै छ । सापकोटाले अहिले केही बेरमा उम्मेदवारी दर्ता गराउँदै छन् । उनी उम्मेदवारी दर्ताका लागि संसद भवनमा पुगेका छन् । दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सभामुख चयनका लागि आगामी आइतबार दिउँसो ३ बजे मतदान हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.