धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, १९ घाइते

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, १९ घाइते

७ माघ, धादिङ । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार घटनामा १९ जना यात्रु घाइते छन् ।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।

मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ । उक्त ट्रकमा २५ जना सवार थिए । घटना बारे थप विवरण आउन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.