नेपाल-चीन सम्बन्ध सदृढ हुँदै गएको छ : गृहमन्त्री थापा

नेपाल-चीन सम्बन्ध सदृढ हुँदै गएको छ : गृहमन्त्री थापा

७ माघ, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर सांस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका छन् । चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताउका हुन् ।

नेपाल—चीन सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताए ।गत असोजमा भएको चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उनले बताए । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गरे ।

चिनियाँ नयाँ वर्षको उपलक्षमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले सांस्कृतिक कार्यक्रम समेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.