बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार

बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार

७ माघ, काठमाडौं ।
बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उखु किसानको बक्यैता नतिरेपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।

नवलपरासीमा रहेको बागमती खाडसारी मिलले किसानलाई ६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने लुम्बिनीले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएका छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.