जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार जरिवाना

जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार जरिवाना

काठमडौं : सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुसाशन उल्लंघन गर्ने पैदल यात्री यात्रुलाई एक हजार, मादक पदार्थ सेवन(मापासे) गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैँया जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसैगरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपैँया जरिवाना प्रस्ताव गरिएको छ । विधेयक प्रावधान लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ ।, आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.