अभिभावकले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता जनाए राउतलाई प्रहरीले नपक्रिने

अभिभावकले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता जनाए राउतलाई प्रहरीले नपक्रिने

८ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेकी गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजनाबाट प्रहरी पछि हटेको छ ।

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ । उनी अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा छन् ।

यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका अभिभावक (आमाबुवा)ले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.