प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

८ माघ, काठमाडौं । प्रहरी नायब महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार एक समारोहबीच आइजिपी खनालले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए।

कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको बताए। साथै, उनले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

उक्त अवसरमा पदोन्नति भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन्।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरूसँग समन्वय गर्ने उल्लेख गर्दै उनले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रूपमा विकास गर्ने बताइन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतलगायत अन्य प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.