अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलामा नागरिक खबरदारी

अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलामा नागरिक खबरदारी

८ माघ, काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो । हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ।

अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो। संवैधानिक इजलासले उनको मुद्दा हेरिरहेको छ ।

द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन आग्रह गरेका हुन् । द्वन्द्वपीडितलाई अपमानित नगर्न पनि उनीहरूले माग गरेका छन्। सेतोपाटीबाट साभार ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.