दामनको रिर्सोटमा मृत्यु भएका आठै जनाको शव आफन्तले बुझे

दामनको रिर्सोटमा मृत्यु भएका आठै जनाको शव आफन्तले बुझे

९ माघ, मकवानपुर । मकवानपुरको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सिएर मृत्यु भएका आठै जनाको शव आफन्तले बुझेका छन् । प्रहरीका अनुसार मृतकको शव बिहीबार आफन्तले बुझेका हुन् ।

नेपालस्थित भारतीय दूतावासको सहकार्यमा मृतकहरूको शव आफन्तलाई बुझाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

मृतकमध्ये पाँच जनाको शव लिएर बिहान आफन्त भारत उडेका छन् । अन्य तीन जनाको शव लिएर आफन्त जाने तयारीमा छन्। मृतक दुई परिवारका रहेको लम्सालले बताए ।

सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो। मृतकहरू भारत केरलाका हुन् ।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा थिए । मृतकहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । पोस्टमार्टमपछि कानुनी प्रक्रिया मिलाएर दूतावास र प्रहरीले आफन्तको जिम्मा लगाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.