तेह्रथुम, चैत २
जंगलमा आगो लागे तत्काल कसरी नियन्त्रण गर्ने भन्ने बारे तेह्रथुम म्याङ्लुङका स्थानीयलाई सचेत गराईएको छ । चैत्र, बैशाख महिना जंगलमा बढी आगो लाग्ने भएकाले नियन्त्रण गर्ने ब्यवहारीक तरिकाबारे स्थानीयलाई जानकारी गराईएको हो ।
तेह्रथुमको म्याङलुङ्गमा रहेको उराठेबनमा आगो लगाएर नियन्त्रण गर्न सर्वसाधारणलाई सिकाईएको थियो । वनमा तत्काल आगो लागिहाले नियन्त्रण गर्नेका लागि ब्यवहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको जिल्ला वन अधिकृत देवीचन्द्र पोख्रेलले बताए ।
आगो नियन्त्रण बारे नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीले सर्वसाधारणलाई जानकारी गराएका थिए ।