राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न, ९८ प्रतिशत मतदान

राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न, ९८ प्रतिशत मतदान

९ माघ, काठमाडौं ।
राष्ट्रियसभाको रिक्त १८ सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ । बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म भएको मतदानमा करिब ९८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेश नम्बर–१ मा कुल ३६७ मतदाता रहेकामा ३६४ मत खसेको छ । प्रदेश नम्बर–२ मा ३७९ मतदाता रहेकामा शतप्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, वाग्मती प्रदेशमा ३४८ मतदाता रहेकामा ३४४ मत खसेको छ । गण्डकी प्रदेशमा २३० मतदाता रहेकामध्ये २२८ मत खसेको छ ।

प्रदेश नम्बर–५ बाट कुल ३०५ मतदाता रहेकामा ३०३ मतमात्र खस्यो । कर्णाली प्रदेशबाट कुल १९८ मतदाता रहेकामा १९५ मत खसेको छ ।सुदूरपश्चिम प्रदेशबाट २२९ मतदाता रहेकामा २२७ मत खसेको छ । मतगणना बिहीबारै साँझ ६ बजेबाट सुरु हुने र बिहीबारै नतिजा आउने आयोगले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.