आजका प्रमुख खबरहरुः
१.(सिद्धबाबाको आदेश उल्टियो)
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश उच्च अदालत विराटनगरद्धारा बदर । जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला गिरी भने सुटुक्क भारततिर लागे ।
२.(निर्वाचन परिणाम)
राष्ट्रियसभाको रिक्त १८ सदस्यको निर्वाचनका लागि सातै प्रदेशको परिणाम आउने क्रम जारी / नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित ।
३.(भूमिफियाको खेला)
पश्चिम नवलपरासीको प्रतापपुर–६ मा विद्यालयको जग्गा भूमाफियाले कब्जा गरेको भन्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन / जनजागृति माध्यमिक विद्यालयले प्रयोग गर्दै आएको जग्गा स्थानीय गोविन्द यादवले कब्जा गर्न खोजेपछि विवाद उत्पन्न ।
४.(कलेज बस दुर्घटना)
रंगेलीबाट बिद्यार्थी बोकेर बिराटनगर आउदै गरेको लर्डबुद्ध कलेजको बस रामचौकमा दुर्घटना हुँदा सहचालक सानू साहको मृत्यु / बसमा सवार ६ जना विद्यार्थी सामान्य घाइते ।
५.(स्वास्थ्यप्रति सचेत बनांै)
चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइयो / जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइ चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी ।
६.(आफन्तलाई शव)
मकवानपुरको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सिएर मृत्यु भएका आठै जनाको शव आफन्तले बुझे/ नेपालस्थित भारतीय दूतावासको सहकार्यमा मृतकहरूको शव आफन्तलाई बुझाइएको प्रहरीको भनाई ।
७.(भ्रष्ट मुलुक)
केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणीबाट माथि उक्लिन सकेन /सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टका अनुसार ३ अंक बढी प्राप्त गरि नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा ।
८.(देशको बेइज्जत)
गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर दन्ता नेपाली उतै बेपत्ता / कात्तिकमा कार्यक्रममा भाग लिन अमेरिका गएकी नेपाली एक पटक मात्र सम्पर्कमा आएको मेयर रत्नबहादुर शाहीको भनाई ।
९.(फन्दामा गुरुङ)
गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ पोखराको लेकसाइडको होटलबाट पक्राउ / खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई दुब्र्यवहार गरेको आरोप ।
१०.(सरकारको निर्णय)
बस किनेर चलाउन नसकेको भन्दै साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने सरकारको निर्णय / जर्मनीको बोन शहरमा रहेको नेपाली दुतावासको पूरानो भवन बेच्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति ।
११.(प्रशिक्षण सम्पन्न)
६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न /सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने अहिलेको मुख्य माग रहेको नाडाका अध्यक्ष कृष्ण दुलालको भनाई ।
१२.(सशस्त्रका कुरा)
संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी)शैलेन्द्र खनालको दाबी /संगठनको मूल्य, मान्यता र आचरण विरुद्ध काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिने ।
१३.(पेट्रोल खोजिदै)
दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत महत्वपूर्ण कार्य ‘साइस्किम सर्भे’ शुरु / विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको विशेषज्ञ टोलीको भनाई ।
१४.(डिभिजनको दौड)
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एपीएफ क्लब जावलाखेल युथ क्लबसंग १—० गोलले पराजित / थ्री स्टारद्वारा हिमालयन शेर्पामाथि ३—१ को जीत दर्ता ।
र,
१५.(आपत्तमा विपत्त)
अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको आगो निभाउने विमान दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु /मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएपछि विमानमा आगो लागेको अधिकारीहरुको भनाई ।