सिद्धबाबालाई थुनामा राख्न उच्च अदालतको आदेश

सिद्धबाबालाई थुनामा राख्न उच्च अदालतको आदेश

९ माघ, विराटनगर ।
‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए ।

उच्च अदालतका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासले बिहीबार गिरीलाई सो आदेश बदर गर्दै थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । जिल्ला अदालत सुनसरीका न्यायधिस राधाकृष्ण उप्रेतीको इजलासले गत पुस १४मा गिरीलाई तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेको थियो भने सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएकी थिइन् । बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उनलाई सुनसरी प्रहरीले मंसिर १६ गते आईसीयूदेखि नै पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

यता सिद्धबाबा भने अदालतलाई छलेर भारत फरार भएका छन । सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट अदालत जान भनी केही अनुयायी सहित हिँडेका उनी जोगबनीबाट आफ्नो सुरक्षामा खटिएका प्रहरीका हवल्दार मुकेश साहलाई फिर्ता पठाई भारत हानिएका हुन् । अदालतको आदेश नआउँदै भारत जानुलाई अदालतबाट आउनसक्ने फैसलाका विषयमा उनी जानकार रहेको अनुमान गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.