१० माघ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको बताएका छन् ।
स्वामी विवेकानन्द सांस्कृति केन्द्रको आयोजना दूतावासमा भएको कार्यक्रममा कार्यवहाक राजदूत अजयकुमारले योग नेपाल र भारतको साझा पद्धति भएको बताएका हुन् ।

उनले स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह गदै कम केमिकल र कम औषधिको प्रयोग गर्न सुझाव समेत दिए । डा. अजयकुमारले प्राकृतिक खानालाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन् ।
सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएको बताए । एक महिने योग कोर्स पुरा गरेका ३७ जनालाई कार्यबहाक राजदुत अजयकुमारले प्रमाणपत्र प्रदान गरेका थिए ।
भारतको बनारस हिन्द विश्वविद्यालयका प्रोफेसर प्रविणकुमारले एक दिने तबला प्लेइङ वर्कसपमा आफ्नो अनुभव, तबलाको महत्व लगायतका विषयमा जानकारी दिने उनले बताए । कार्यक्रम नेपालस्थित भारतीय दूतावासको कार्यालय लैनचौरमा भएको हो ।
कार्यक्रममा एक महिने योग शिक्षा लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको थियो । उनीहरुको लिखित तथा प्रयोगात्मक गराएर उपाधि प्रदान गरेको हो ।