राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

१० माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले शुक्रबार राजीनामा दिएका छन् ।

उनी राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए ।

उनी राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र पछिल्लो कार्यकालमा दुई वर्ष सल्लाहकार थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.