दीपक मनाङेले झापड हानेका मिलन गुरूङ पक्राउ

दीपक मनाङेले झापड हानेका मिलन गुरूङ पक्राउ

१० माघ, पोखरा ।
सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो।

जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। ‘ठगी र बैंकिङ कसुरमा विभिन्न व्यक्तिले जाहेरी दिएका छन्, त्यसैको अनुसन्धान सिलसिलामा उहाँलाई पक्राउ गरिएको हो,’ कार्कीले भने।

एन्फा कास्कीका अध्यक्ष रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए। यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन्।

मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.