११ माघ, काठमाडौँ ।
चलचित्र ‘लुट’ बाट पर्दामा एकसाथ देखिन सुरु गरेका अभिनेता दयाहाङ राई र विपिन कार्की ‘के घर के डेरा’मा एकसाथ देखिने भएका छन् ।
लुट पछि ‘लुट २’ र ‘जात्रै जात्रा’ मा सँगै देखिएका उनीहरू सिङ्गे लामाको निर्माणमा बन्ने चलचित्र ‘के घर के डेरा’मा एक साथ देखिने भएका हुन् ।
चलचित्रका लागि दयाहाङले साइन गरिसकेका छन् भने विपिनले पनि मौखिक रूपमा सहमति जनाइसकेका छन् । अबको केही हप्ता भित्र छायाङ्कन सुरु गरिने भनिएको चलचित्र सामाजिक विषय वस्तुमा नै आधारित हुनेछ ।
यस चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दै छन् । भने स्क्रिप्टलाई सफल केसी र प्रतीक गुरुङले संयुक्त रूपमा तयार पारेको बुझिएको छ । चलचित्रको बारेमा विस्तृत जानकारी केही दिनमा दिने जनाईएको छ ।