१२ माघ, झापा ।
मोरङ उर्लाबारी–९ बस्ने ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
शनिबार बेलुका ८ बजे झापा दमक नयलबारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।