नेपालका पर्शुराम क्यानडामा दोहोरो स्वर्णसहित ग्रान्ड च्याम्पियन

नेपालका पर्शुराम क्यानडामा दोहोरो स्वर्णसहित ग्रान्ड च्याम्पियन

एजेन्सी, माघ १२
नेपालका पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् ।

करातेका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका पर्शुरामले वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमो सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८।२ अंक र दोस्रो बाउटमा २८।४ अंक जोडेका थिए । यस्तै सिनियर मेल काता ट्रयाडिसनलको फाइनलमा २९।२ अंक र २७।८ अंक जोड्दै स्वर्ण जित्न सफल भए ।

दोहोरो स्वर्ण जितेसँगै पर्शुराम च्याम्पियन अफ दि च्याम्पियन समेत भए । यससँगै उनले ४ सय क्यानेडियन डलर हात पारे । पर्शुराम पछिल्लो समय क्यानडामै रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.