अग्‍नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

अग्‍नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

१२ माघ, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद तथा प्रतिनिधिसभा सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ स्थगित भएको छ। आइतबार सुनुवाइ हुने भनिएको नेता सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको थियो।

तर, सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीका हैसियतले बहस गरेकाले नैतिकताका आधारमा हेर्न नमिल्ने भएपछि रिट स्थगित भएको हो। मुद्दाको सुनुवाइ सोमबार तय भएको जनाइएको छ।

सभामुख चयनका लागि आज प्रतिनिधिसभामा निर्वाचन हुँदैछ। उनी प्रतिनिधिसभा सभामुखका एक्ला उम्मेदवार हुन्। सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गरेका थिए।प्रहरीले वारेन्ट गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनमाथि चुनौती थपिने उनको भनाइ थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.