NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

ताराखोला घरवासको पहिलो रोजाइ कोदोको ढिँडो

आइतवार माघ १२ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
ताराखोला घरवासको पहिलो रोजाइ कोदोको ढिँडो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ माघ, बागलुङ ।
ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ । विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ । गत आवमा घरवास सञ्चालनका लागि गाउँपालिकाले रु १० लाख बजेट छुट्याएको थियो । विनियोजित रकमले वडा नं २ अर्गलमा ‘किकल्टा घरवास’ र वडा नं ५ ठूलोहिलेमा ‘हिले घरवास’ शुरुआत भएको थियो । अर्गलमा सात घर र ठूलो हिलेका पाँच घरमा घरवास सेवा छ ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नं ४ छम्टुमा ‘ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरवास’ र वडा नं ५ मा ‘सीप सामुदायिक घरवास’ सञ्चालनमा ल्याइएको छ । दुवै घरवासका लागि प्रदेश सरकारले रु १० लाखका दरले अनुदान दिएको थियो । गाउँपापालिकाको लगानीमा खुलेका दुई घरवासका लागि समेत यो वर्ष प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ ।

Advertisement

“गत वर्ष दुवै होमस्टेलाई पाँच÷पाँच लाख अनुदान दियौँ, यो वर्ष स्तरोन्नतिका लागि केही बजेट छ”, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भने। गाउँपालिकाले सिकाइ र अनुभव आदानप्रदानका लागि अघिल्लो महिना घरवास सञ्चालकलाई अध्ययन भ्रमणसमेत गराएको थियो ।

स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र तनहुँको बन्दीपुर घरवासको भ्रमण गरिएको ‘किकल्टा घरवास’ सञ्चालक समितिका कोषाध्यक्ष केशकुमारी घर्तीमगरले जानकारी दिइन् । “भ्रमणबाट धेरै कुरा सिकियो, घरवास कस्तो हुनुपर्छ, पाहुनाको सत्कार कसरी गर्ने भन्ने जानियो”, उनले भनिन् ।

उनका अनुसार ‘किकल्टा’ घरवासमा आउने पाहुना/पर्यटकले स्थानीय खानाका परिकारसँगै र पारिवारिक बसाइँको आनन्द लिन्छन् । “कोदोको ढिँडो, मकै, आलु, स्थानीय कुखुराको मासु बढी रुचाउनुहुन्छ”, घरवास सञ्चालक घर्तीमगरले भनिन् । सादा खानाको रु १७० र मासुको रु १५० मूल्य तोकिएको छ । यस्तै बास बसेको रु २५० लाग्छ ।

पेय पदार्थ र अन्य परिकार खाँदा छुट्टै पैसा तिर्नुपर्छ । यस्तै वडा नं ४ छम्टुमा सञ्चालित सामुदायिक घरवासमा २२ जना पाहुना राख्ने क्षमता छ । “होमस्टेमा ट्राउट माछासहित स्थानीय खानाका परिकार खुवाउँछौँ”, घरवास सञ्चालक समितिका अध्यक्ष पदम खत्रीले भने ।

गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला धनी छ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरवास कार्यक्रम प्रभावकारी मानिन्छ । “हामीकहाँ घरवास नै बढी उपयुक्त छ, भ्रमण वर्ष २०७७ लाई लक्षित गरेर घरवासको क्षमता बढाउन लगानी थप्दैछौँ”, गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने ।

उनले भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य रहेको उल्लेख गरे । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले चालू आवमा रु ७० लाख बजेट छुट्याइएको थियो । उक्त बजेट पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रचारप्रसारमा खर्च गरिने छ । सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवासको स्तरीकरणलगायतका काम भइरहेको छ ।

पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ । ताराखोलामा पर्यटक भित्र्याउन घरवास कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ । घरवासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला परिचित छ ।

यहाँको मुख्य उत्पादन आलु र भाँगो हो । यस्तै गाईघाटको झरना, डुडेलेलगायत दर्जनौँ पर्यटकीय गन्तव्यस्थल यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता मौलिक संस्कृति र परम्परा ताराखोलामा जीवित छन् । बागलुङ सदरमुकामदेखि ५० किमी मोटरयात्रामा ताराखोला पुगिन्छ ।रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.