चन्द्रपुरको गौर सडकखण्डमा शंकास्पद बस्तु फेला

चन्द्रपुरको गौर सडकखण्डमा शंकास्पद बस्तु फेला

१२ माघ, चन्द्रपुर । चन्द्रपुरको गौर सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ। ग्लोबल आइएमई बैंक अगाडि सडकमा एउटा कालो खैरो रंगको ब्याग र सेतो बोरा देखिएपछि त्यसमा बम रहेको आशंका गरिएको छ ।

स्थानीयले केही समयअघि देखेको उक्त झोलाहरुको बारेमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरलाई जानकारी गराएका छन्। उक्त झोलालाई सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले घेरेर राखेका छन्।

चन्द्रपुर चोकमा सर्वसाधारणको भीड लागेको छ। प्रहरीका अनुसार बम डिस्पोजल टोली उक्त स्थानमा जाँदैछ। उक्त टोली आएपछि झोलामा के छ भन्ने पत्ता लाग्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.