उपसभामुखका लागि कांग्रेसले कमन्डलु बोकेर हिँड्दैनः रिजाल

उपसभामुखका लागि कांग्रेसले कमन्डलु बोकेर हिँड्दैनः रिजाल

१२ माघ, काठमाडौं ।
कांग्रेस सांसद मीनेन्द्र रिजालले उपसभामुख पदका लागि कांग्रेस कमन्डलु लिएर माग्न नजाने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर उम्मेदवारी नदिने प्रष्टाएका हुन् । उनले आफ्नो पार्टीसँग उपसभामुख जित्नका लागि आवस्यक मत नभएकाले नेकपासँग कमन्डलु बोकेर उपसभामुख दिनु भनेर माग्दै पनि नजाने स्पष्ट पारे।

सभामुख चयनमा कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर उम्मेदवारी दिएन भन्ने कुरा गलत भएको रिजालले बताए। उनले भने, संविधानमा सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्छ। कमन्डलु लिएर उपसभामुख माग्न जाँदैन र कांग्रेससँग मत छैन र पनि जाँदैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.