नवनिर्वाचित सभामुखले भने – तटस्थ र निष्पक्ष बन्न दत्तचित्त भएर लाग्नेछु

नवनिर्वाचित सभामुखले भने – तटस्थ र निष्पक्ष बन्न दत्तचित्त भएर लाग्नेछु

१२ माघ, काठमाडौँ ।
नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफू तटस्थ र निष्पक्ष सभामुख बन्न दत्तचित्त भएर निरन्तर लाग्ने बताएका छन् । आईतबार सर्वसम्मतिबाट सभामुख चयन भएलगत्तै संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले आफूलाई निर्वाचित गर्ने सबै पार्टीलाई धन्यवाद दिए ।

संसदमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले यसअघिका सभामुख तटस्थ नभएको भनेर टिप्पणी गरेको तर्फ गरिएको प्रश्नमा उनले भने, ‘मीनेन्द्रजीले भन्नु भएको मूल्यमान्यताको कुरा हो। म तटस्थ बन्न दत्तचित्त छु।’ उनले सपथको प्रक्रिया बाँकी रहेको भन्दै थप टिप्पणी गर्न मानेनन् ।

द्वन्द्वकालमा अर्जुन लामाको हत्या आरोप लागेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिवक्ता दीनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्चले आइतबार नै पेशी तोकेको थियो । तर, इजलास तोकिएका न्यायाधीश हरि फूँयालले यसअघि सापकोटाविरुद्ध सुशील प्याकुरेलले दायर गरेको रिटमा बहस गरेका कारण हेर्न नमिलेकाले सुनुवाई रोकिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.