माघ १७ देखि पाटन संग्राहलयमा कृषि मेला हुने

माघ १७ देखि पाटन संग्राहलयमा कृषि मेला हुने

१२ माघ, काठमाडौँ ।
माघ १७ देखि २० गते सम्म ललितपुरको पाटन संग्राहलयमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ आयोजना हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो ।

अर्गानिक उत्पानलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग पु¥याउने विश्वास आयोजकको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापार सम्बन्धी प्रोजेक्टहरुका विषयमा जानकारी लिन सकिने बताइन् । उनले मेलामा ५० भन्दा बढी स्टलहरु रहने र एक करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको बताइन्।

मेलाले उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई कम गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक वस्तुहरु उपलब्ध गराउने उद्देश्य राखेको छ । मेलाको उद्घाटन कुषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले गर्ने संयोजक कोइरालाले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.