१२ माघ, पोखरा ।
प्रदेशसभा सदस्य दिपक मनाङे भनिने राजिव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आईतबार उनलाई ६ हजार धरौटीमा छाडेको हो ।
मनाङ कास्की फुटवल संघका अध्यक्षमाथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका थिए । संघ अध्यक्ष मिलन गुरुङले बुधवार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले त्यसको भोलिपल्ट मनाङेलाई पक्राउ गरेको थियो ।
मनाङलेलाई शुक्रबार जिल्ला प्रशासनले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको थियो । आइतबार प्रहरीले मनाङेलाई जिल्ला प्रशासनमा लगिएकोमा प्रजिअ रमेश कुमार केसीले उनलाई धरौटीमा रिहा गरेको हो ।