१३ माघ, काठमाडौं ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबिच झडप भएको हो । केन्द्रीय समिति बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुगे लगत्तै संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थीबिच झडप भएको हो। झडपमा परी दुई विद्यार्थी घाइते भएका छन् ।