मोरङको धनपालथानमा कुटपिटबाट १ जनाको मृत्यु

मोरङको धनपालथानमा कुटपिटबाट १ जनाको मृत्यु

१४ माघ, मोरङ ।
मोरङको धनपालथान गाउँपालिका ४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ ।

गत माघ ४ गते धनपालथानगाउँपालिका ४ को एक होटलमा मादकपदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएकामुखियाको उपचारको क्रममा सोमवार बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो । घटनापछि कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणीचन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुनाकुमारी महतो भने सामान्य घाईते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निग्रानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.