पानीको बाल्टिनमा डुबेर नाबालकको मृत्यु

पानीको बाल्टिनमा डुबेर नाबालकको मृत्यु

१५ माघ, सुनसरी । सुनसरी हरिनगरा–१ बस्ने नौसाद अन्सारीको एक बर्षीय नाबालक छोराको पानीमा डुबेर मृत्यु भएको छ ।

मंगलबार अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबीरहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनासाथ कानुनी कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.