बिर्तामोडबाट घुम्न निस्केका अभिषेकको विराटनगरमा हत्या !

बिर्तामोडबाट घुम्न निस्केका अभिषेकको विराटनगरमा हत्या !

१५ माघ, विराटनगर ।
मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा विभत्स अवस्थामा फेला परेको शव झापा बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कट्वालको भएको खुलेको छ । मंगलबार खोला किनार नजिकै रहेको बासघारीमा मृत अवस्थामा मेटिएका उनलाई हत्या गरी फालेको अनुसन्धानको क्रममा खुलेको हो ।

प्रहरीका अनुसार आमासँग मामा घरमा बस्दै आएका उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो । सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् ।
उनको शव विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका–१२ सिमाना भएर बग्ने केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो । प्रहरी स्रोतका अनुसार युवकको विराटनगर –४ मा हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने बताएको छ । तर, हालसम्म उनको कहिले हत्या भएको भन्ने नखुलेको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बताए । शवको पहिचान खुलेका कारण अनुसन्धान गर्न केही सहज भएको उनको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.