ए डिभिजन लिगः आज फ्रेन्ड्सले च्यासलसंग र न्युरोड टिमले ब्रिगेड ब्वाइजको सामना गर्दै

ए डिभिजन लिगः आज फ्रेन्ड्सले च्यासलसंग र न्युरोड टिमले ब्रिगेड ब्वाइजको सामना गर्दै

१६ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज नवौं चरणका खेलहरु सकिनेछन् ।

आज पहिलो खेलमा मध्यान्ह १२ बजे दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।

यसैगरी दोस्रो खेलमा दिउँसो ३ बजे रंगशालामै न्युरोड टिम (एनरआरटी)ले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग खेल्नेछ ।

आजका खेलहरुले अंक तालिकाको शीर्ष ३ स्थानमा कुनै फेरबदल ल्याउने छैन । ९ खेलबाट २० अंक जोडेको त्रिभुवन आर्मी क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको मच्छिन्द्र क्लब तथा तेस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको समान १९ अंक छ ।

हिजो भएको खेलमा मनाङले संकटा क्लबलाई ३–० ले हरायो ।

नवौं चरणका खेलहरु सकिन लाग्दा शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड रोचक बन्दै गएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.