१६ माघ, रसुवा । चीनको केरुङबाट फर्किएकी २४ वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
उपचारका लागि बिहीबार बिहान जिल्ला अस्पताल रसुवा पुगेकी ती महिलामा कोरोना भाइरसको लक्षण देखिएकाले आशङ्का गरिएको अस्पतालले जनाएको छ ।
सङ्क्रमण भएको आशङ्कामा आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टन्डेन्ट डा. अनिलकुमार खरेलले बताए ।
ती महिला केरुङबाट गएको माघ २ गते नेपाल आएकी थिइन् । अस्पतालमा कोरोनाको आशङ्का गरिएका बिरामी आएमा छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ ।