सेना दिवसको दिन पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड हुने

सेना दिवसको दिन पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड हुने

१६ माघ,काठमाडौँ ।
नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ गते महाशिवरात्रीका दिन सेना दिवस मनाउने र सोही अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको जनाएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले फागुन ३ गते अयोजना गरिने पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगितामा सेलीब्रेटी, कुटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी अधिकारीहरु, गैर सैनिक नागरिक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता रहने बताए ।

प्रवक्ता पाण्डेले सेना दिवसको दिन काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिने समेत जानकारी दिनुभयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.