अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

१६ माघ, काठमाडौँ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिवलाई सर्वोच्च अदालतले १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्भा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

बिहीबार न्यायाधिशहरु मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र शुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो। आदेशमा भनिएको छ ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न सकिन्न ।’

यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.