तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव

१६ माघ, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।
अध्यक्ष मण्डलका सदस्य यादवले सरकारमा जाने नैतिक धरातल नभएकाले पार्टीमा छलफल नै नगरिएको बताएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको साक्षातकारमा बोल्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए । उनले सरकारमा सहभागी हुने विषय आफुहरुको प्राथमिकतामा नभएको समेत बताए । उनले पार्टीले राखेका माग र मुद्दा सम्बोधन भएमा वातावरण बन्ने र त्यसबेला विचार गर्न सकिने बताए । आफ्नो पार्टीले उपसभामुखको दावी नगरेको तर सरकारले किन दिन चाहेको छ भन्ने विषय बुझ्न नसकेको उनले बताए ।

नेता यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रकृया अगाडि बढिरहेको समेत बताए । उनले प्रदेश २ मा राजपा नेपाल र समाजवादी पार्टीको वर्तमान गठबन्धन नटुट्ने समेत बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.