भारतको नक्कली शैक्षिक प्रमाणपत्र बुझाई डिएसपीसम्म बढुवा भएको आरोपमा मुद्दा दायर

भारतको नक्कली शैक्षिक प्रमाणपत्र बुझाई डिएसपीसम्म बढुवा भएको आरोपमा मुद्दा दायर

१७ माघ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायव उपरीक्षक (डिएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

शाहले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डिएसपीसम्म बढुवा भएको पुष्टी भएसँगै आयोगले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो ।

शाहले परीक्षा नै नदिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षकमा बढुवा भई जागिर खाइरहेको भन्ने सूचना आयोगले पाएको थियो ।

सोही सूचनाका आधारमा अनुसन्धान गर्दा शाहले मगध विश्वविद्यालय, बोधगया भारतअन्तर्गतको बिडी इभिनिङ कलेज पटना-१ बाट बिए तहको झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाएको आयोगले जनाएको छ ।

उनले ती प्रमाणपत्र बुझाई इन्स्पेक्टर र डिएसपीसम्म बढुवा भएको आयोगले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.