१७ माघ ।प्रदेश २ मा छोरीहरु जन्मिँदै अब लखपति हुने भएका छन्। प्रदेश सरकारले ’बेटी पढाऊ, बेटी बचाऊ’अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम तीन लाख पुर्याएको छ। २०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामाजन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमागर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रकम बढाएर ३ लाखगर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन ्। राउतले मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिमाको रकम बढाइएको जानकारी गराएकाहुन ्। सरकारको निर्णयको कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पर्सामा एक कार्यक्रममा बिमा योजनाआरम्भ गरिएको थियो । कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा ४ हजार ३ सय ७३ नवजात छोरीहरुको बिमा भइसकेको छ ।
त्यसैगरी ३ हजार १ सय १८ नयाँ फर्महरु भरिएका छन् जसको सबै प्रकृया पूरा भएर बिमाको रकम पठाउन मात्रबाँकी रहेको छ।त्यसैगरी बिमा कार्यक्रम प्रभावकारी बनाउन स्थानीयतहमा सञ्चालित शिविरहरुमा पनि बिमा गरिएको थियो। हालसम्म करिब १५ हजार विमागरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
यसअघिबिमा गराइसकेका छोरीहरुले पनि बढाइएको रकमको सुविधापाउने छन्।छोरी शिक्षा बिमा कार्यक्रममा प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौता गरी नवजात छोरीहरुको बिमागर्दै आएको छ । बिमित छोरीहरुले २० वर्षको उमेर पूरा भएपछि तीनलाख रुपैंया बिमाको रकमपाउने छन । सरकार गठन भएदेखि नै प्रदेश २मा प्रदेश सरकारले बालिकाको सुरक्षा र शिक्षामा जोड दिदै आएको छ।